ललितपुर १९ जेठ
ललितपुर महानगरपालिकाले ललितपुरका विभिन्न सडकहरुमा साइकल लेन निर्माण गरेको छ । महानगरले पाइलट प्रोजेक्टको रुपमा शुरु गरेको यस निर्माण कार्य मुख्य सडक थापाथली–पुलचोक–जाउलाखेल–लगनखेल–मंगलबजारबाट घुमेर फेरि पुलचोकसम्मको विस्तार भैसकेको छ । सडक विभागसँगको समन्वयमा महानगरले सडकको दुईतर्फि गरेर पहिलो चरणमा १० किमिमा काम गरेको हो।
ललितपुर महानगरलाई वातावरणमैत्री साइकल सहर बनाउँदै जाने मेयर चिरिबाबु महर्जनको योजनाअनुसार निर्माण कार्य भएको हो । ५०–५० मिटरको दूरीमा हरियो रङ लगाई लेन निर्माण गरिएको छ। निर्माण कार्यमा ललितपुर महानगरपालिकालाई साइकल समाजले कन्सल्टेन्टको रुपमा सहयोग गरिरहेको छ।
वि. सं २०६७ सालदेखि साइकल लेन बनाउन थालेको महानगरले पहिलो चरणमा १० किलोमिटर र दास्रो चरणम २२ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ । महानगरले ६ चरणमा करिब ६५ किमि साइकल लेन बनाउने योजना बनाएको छ। ललितपुरमा निर्माण भइरहेको साइकल लेन गाडी कुदिरहेको सडकमा साइन बोर्ड, साइकल लोगो, हरियो कलर गरी छुट्टिनेछन्।(एड्भोटेरियल)