neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरहरुलाई केवलकारको भाडामा १० प्रतिशतसम्म छुट

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरहरुलाई केवलकारको भाडामा १० प्रतिशतसम्म छुट

Jun 1st, 2022

काठमाडौँ १८ जेठ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्राइभेट लिमिटेडबिच छुट सम्झौता भएको छ ।

बैंकका डेबिटरक्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशतसम्म छुट गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिटरक्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा ए।टि।एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।