neapl investment mega bank
  • गृहपृष्ठ
  • बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

Jun 1st, 2022

काठमाडौँ १८ जेठ

बतास समूहले अव पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ । काठमाडौँ जिल्ला अदालतले बतास समूहले अव पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश बदर गरेको छ ।

बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले काठमाडौँ जिल्ला अदालतले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरेको हो । यस अदेशपछि वतास समुहलाई शुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।

पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । सो मुद्दामा जिल्ला अदालत काठमाडौँले बतास समूहलाई होटल सञ्चालन गर्न अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।