काठमाडौ १६जेठ
आइतबार दुर्घटनामा परेको तारा एयरमा सवार १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।
अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना रहेको वताइएको छ ।
हिजोदेखि हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा यार्सा खोज्न गएका स्थानीयको टोलीलेदुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए ।