काठमाडौ १५ जेठ
सरकारले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान क्रमशः कटौती गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्षबाट ग्यासमा दिएको अनुदान घटाइ विजुलीमा अनुदान दिने भएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान क्रमशः कटौती गर्दै लैजाने घोषणा गरेका हुन्।
मन्त्री शर्माले विकास निर्माणमा खर्च हुनुपर्ने रकम सहरी उपभोक्तालाई सस्तो ग्यास उपलब्ध गराउनमा प्रयोग नहोस् भनेर ग्यासमा अनुदान कटौती गर्ने नीति लिएको वताए । यसको सट्टा बिजुलीबाट खाना पकाउन प्रोत्साहित गरिने र यसका लागि बिजुलीमा अनुदान दिइने अर्थमन्त्री शर्माले बताए ।
एलपी ग्यास हटाऔं, बिजुली जोडौुं भन्ने अभियान सञ्चालन गर्दै ग्यास सिलिन्डरलाई बिजुली चुह्लो, बायो ग्यास, सुधारिएको चुह्लो लगायतले प्रतिस्थापन गर्ने सरकारको नीति छ।