काठमाडौँ १५ जेठ
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९८० को लागि संसदमा वजेट भाषण गर्दै छन् । बजेट अनुसार सरकारले आगामी आर्थिक वर्षमा संघ र प्रदेशलाई राजस्व बाँडफाँट अन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ उपलब्ध गराइने बताएका छन् ।
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा संघ र प्रदेशलाई राजस्व बाँडफाँट अन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ उपलब्ध गराइने बताएका छन् ।
त्यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ हस्तान्तरण गरिनेछ । अर्कोतर्फ, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड उपलब्ध गराइने उल्लेख छ ।
विशेष अनुदानतर्फ संघका लागि ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।
सरकारले सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने जनाएको छ । त्यस्तै समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड उपलब्ध गराइने अर्थमन्त्रीले वताए ।