neapl investment mega bank
  • गृहपृष्ठ
  • यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक संसद संसदमा दर्ता

यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक संसद संसदमा दर्ता

May 29th, 2022

काठमाडौं १५ जेठ

यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार संसदमा दर्ता गराएका हुन् ।
यौन हिंसाका मुद्दामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक लगेको हो ।