neapl investment mega bank
  • गृहपृष्ठ
  • संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गरिँदै

संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गरिँदै

May 28th, 2022

काठमाडौं १४ जेठ

आज शनिबार सरकारले संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

जेठ १५ गते अर्थात् आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुन्छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। आजको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल गरी नीति तथा कार्यक्रम पारित हुनेछ।