neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतले गर्यो चिनी निर्यातमा प्रतिवन्ध, कस्तो असर पर्छ नेपालमा?

भारतले गर्यो चिनी निर्यातमा प्रतिवन्ध, कस्तो असर पर्छ नेपालमा?

May 27th, 2022

काठमाडौं, १३ जेठ

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा चिनी अभाव हुन सक्ने आकलन गरिएको छ ।नेपालले चिनी आपूर्ति सहज गर्नका लागि सरकारीस्तरमा भारतसँग पहल गर्ने विषयबारे छलफल सुरु गरेको छ । आन्तरिक बजारमा चिनीको मूल्य बढ्न सक्ने सम्भावना औँल्याउँदै भारतले त्यस्तो निर्णय गरेको बताइएको छ ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने जनाए पनि हालसम्म त्यसको प्रभाव नेपालका बजारमा नपरिसकेको अधिकारीहरू बताउँछन् । भारतको द इकोनोमिक टाइम्स पत्रिकाका अनुसार बुधवारबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । पछिल्लो छ वर्षमा पहिलो पटक भारतले निर्यातकेन्द्रित त्यस्तो कदम चालेको हो । तर नेपालमा चाडबाडहरू नजिकिँदै गएको र आन्तरिक उत्पादनले बजार माग नधान्ने हुँदा अहिले प्रभाव नपरे पनि भविष्यमा भने त्यसको प्रभाव देखिन सक्ने खुद्रा व्यापारीहरूको भनाइ छ।

ुुयो त भर्खरै मात्रै कुरा आयो । नेपाल सरकारले यसमा आवश्यकता हेरेर पहल गर्छ । आन्तरिक छलफल भइरहेको छ,ुु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले भनिन् ।

उत्पादनको अवस्था के छ ?

अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा झन्डै १ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । त्यसबाहेक चिनी आपूर्ति पनि भएको र त्यसको मौज्दात पनि रहेकाले पनि ठूलो समस्या नपर्ने बताइन्छ । ुुभारतले प्रतिबन्ध लगाए पनि पाकिस्तान लगायतका अन्य मुलुकबाट आपूर्ति गर्न सकिन्छ,ुु केसीले भनिन् । नेपालमा मासिक २५ मेट्रिक टनको हाराहारीमा चिनी खपत हुने सरकारी तथ्याङ्क छ।

नेपालको आन्तरिक उत्पादनले सातदेखि आठ महिना मात्रै बजार माग थेग्ने उनी बताउँछिन् । नेपालले सबैभन्दा बढी चिनी भारतबाट आयात गर्ने गरेको छ । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो । त्यसबाहेक पाकिस्तानबाट पनि चिनी आयात हुने गरेको अधिकारीहरू बताउँछन् ।

द इकोनोमिक टाइम्सका अनुसार भारतले लगाएको प्रतिबन्ध रुस र युक्रेनबीच भइरहेको युद्धका कारण कतिपय देशमा चर्को मूल्य वृद्धि भइरहेका बेला विभिन्न राष्ट्रहरूले चालेका कदमहरूसँग मिल्दोजुल्दो छ ।

पछिल्लो बजार अवस्था के छ?

पछिल्ला महिनाहरूमा चिनीको मूल्यमा केही वृद्धि भएको देखिएको भए पनि बजारमा अभाव भने नरहेको अधिकारीहरू बताउँछन् ।हाल साल्ट्र ट्रेडिङले कर्पोरेशनले एक किलो चिनी ७९ रुपैयाँमा बेच्ने गरेको र बजार मूल्य भने ९६ रुपैयाँको हाराहारीमा रहेको केसी बताउँछिन् । तर खुद्रा व्यापारीहरूका अनुसार चिनीको प्रति किलो मूल्य १०० रुपैयाँ पुगिसकेको छ । यो मूल्यमा भारतको पछिल्लो निर्णयको प्रभाव नरहेको बताइएको छ।नेपाल खुद्रा व्यापार सङ्घका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य बजारमा अहिले नै भारतीय निर्णयको प्रभाव नपरेको भए पनि भविष्यमा भने असर देखिनसक्ने बताउँछन् । ुुदसैँ तिहारजस्ता चाड आएपछि त प्रभाव पर्न सक्छ,ुु उनले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बजार मूल्य बढ्न नदिन पछिल्लो समय बजार अनुगमन बढाइएको जनाएको छ । चिनीको कालोबजारी रोक्न र लुकाएर राख्न नदिनका लागि आवश्यक काम कारबाही अघि बढाउन लागिएको अधिकारीहरू बताउँछन् ।–बीबीसी