काठमाडौ १३ जेठ
काठमाडौं महानगरको उपमेयरमा नर्वाचित सुनिता डेगालले अत्याधिक बहुमत पाएकी छन् । उनी ६८ हजार ६१२ मतसहित विजयी हुन् । उनका प्रतिद्धन्दी गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादी रामेश्वर श्रेष्ठलाइ ४४ हजार। ८ सय ७ मतले पछि पारेकी थिइन् । रामेश्वरले २३ हजार ८०५ मत ल्याएका छन् ।
युवाहरुमाझ लोकप्रिय डंगोलले यसअघि पनि कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उहाँको छुट्टै पहिचान बनाएकी छन् । उनी वैशख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्र एमालेमा प्रवेश गरेर उपप्रमुखको उम्मेदवारी दिएकी थिइन् ।साथै उनी सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा विजयी भएकी थिइन् ।
यसबाहेक उनले नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धन, काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा पनि महत्पपूर्ण योगदान दिदै अएकी छन् । उनले काठमाडौ महानगरको विकासको लागि विभिन्न योजना अघि सारेकी छन् ।