ललितपुर १२ जेठ
महालक्ष्मी नगरपालिकाका नवनिर्बाचित नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले नगरबिकासका लागि आफू सदैव उद्योगीहरुसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको वताएका छन् ।
बिहिवार नवनिर्बाचित नगरप्रमुख श्रेष्ठलाई बधाई तथा शुभकामना दिन नगरपालिका पुगेका उद्योगीहरुले महालक्ष्मी नगरपालिकासँग ललितपुर उद्योग वाणिज्य संघ सहकार्य गरी सँगसँगै अगाडी बढ्न तयार भएको वताए ।
श्रेष्ठलाई बधाई र शुभकामना दिदैं ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याच्छ्योले ललितपुरको हस्तकला टेक्स्टायल ग्रामलाई अगाडी बढाउन उद्योगीहरुलाई निरन्तर साथ सहयोग गर्नसमेत आग्रह गरेका थिए ।
श्रेष्ठसँग उद्यागीहरुले नगरभित्र उद्योग व्यावसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । छलफल पछि नगरप्रमुख श्रेष्ठले नगरभित्र उद्योग, व्यावसाय र कलकारखानाको सम्भाव्यता अध्ययन र विकासका लागि आफ्नो नेतृत्व .तयार रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष मनोज बहादुर न्याच्छ्यो, निर्वतमान अध्यक्ष कृष्णलाल महर्जन, संस्थापक उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, उद्योग उपाध्यक्ष सुसन महर्जन, कोषाध्यक्ष भूमिनन्दन कर्माचार्यलगायतले निवर्तमान मेयर रामेश्वर श्रेष्ठको पालामा भएका सहमती र सहकार्यलाई निरन्तरता दिएर अगाडी बढ्न आग्रह गरेका छन् ।