महालक्ष्मी नगरमा चाहेजती काम गर्न सकिन निवर्तमान मेयर श्रेष्ठ
ललितपुर ११ जेठ
महालक्ष्मी नगरका निवर्तमान मेयर रामेश्वर श्रेष्ठले आफूले नगरपालिकामा पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै कोरोना माहामारीका कारण नगरपालिकामा चाहेजति काम गर्न नसकिएको बताएका छन् ।
बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाइृ सपथग्रहण गराउने कार्यक्रममा निवर्तमान मेयर श्रेष्ठले आफ्नो कार्यकालमा महालक्ष्मी नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न नसकेको, फोहोर व्यवस्थापन र खानेपानीको व्यवस्था गर्न नसकेको स्वीकार गरे ।
श्रेष्ठले भित्री सडकहरु सुधार नगर्न नसकेको भन्दै नगरबासीहरुले निरन्तर आलोचना गर्दै आइरहेका थिए । अझैपनि सो नगरपालिकामा खानेपानीको समस्या छ भने भित्री सडकहरु अस्तव्यस्त छन् । साथै नगरपालिकाको प्रशासनिक भवन समेत छैन ।