neapl investment mega bank
  • गृहपृष्ठ
  • सुत्केरी महिलालाई १५ सय भत्ता दिने महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठको घोषणा

सुत्केरी महिलालाई १५ सय भत्ता दिने महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठको घोषणा

May 25th, 2022

ललितपुर ११ जेठ

महालक्ष्मी नगरपालिकाका नव निर्वाचित मेयर हरिगोविन्द श्रोष्ठले मेयरको रुपमा सपथ ग्रहण गरेपछि बुधवार पदभार ग्रहण गरेका छन् । बुधबार ललितपरमा आयोजित एक समारोहमा सपथ ग्रहण गरे पछि पदभार ग्रहण गरेका श्रेष्ठले आफूलाई जिताउने मतदाताको मन जित्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले नगरपालिका भित्रका सुत्केरी महिलालाई १५ सय भत्ता दिने र गर्भवतीलाई अस्पताल सम्म जान निशुल्क एम्बुलेन्सको सुविधा दिने घोषणा गरेका छन् ।