neapl investment mega bank
  • गृहपृष्ठ
  • विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट दिए राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट दिए राजीनामा

May 25th, 2022

काठमाडौँ ११ जेठ

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको निराशाजनक परिणाम आएको वताउँदै परिणामको सम्पूर्ण जिम्मेवार आफैँ भएकोले पदबाट राजीनामा दिएको उनले वताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् “गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। उनले आफू पार्टीको साधारण सदस्य रहिरहने वताएका छन् ।

उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको उनले उल्लेख गरेका छन् ।