काठमाडौं १० जेठ
गरिब तथा विपन्न घरपरिवारलाई पहिचान गरी सरकारले राज्य सुविधा परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९(८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् ।
त्यस्तै सरकारले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा गर्ने वताइन् ।