काठमाडौँ १० जेठ
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगले जनाए अनुसार हालसम्म १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।
अव ५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ भने २ वटा पालिकाको मतगणना अझै सुरु भएको छैन। अहिले सम्मको नतिजा हेर्दा नेपाली काँग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी स्थानमा जितेको छ ।
दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। कांग्रेसले जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ भने नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ ।
जनता समाजवादी पार्टीले २९ वटा पालिका नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकामा जित हासिल गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिका जितेका छन् ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिका नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिका जितेका छन् । जनमत पार्टीले दुई वटा पालिका, नेपाल मजदुर किसान पार्टीले १ वटा (भक्तपुर नगरपालिका) , विवेकशील साझा पार्टीले एउटा पालिका प्रमुखजनप्रगतिशील पार्टीले एउटा पालिकामा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले १२ पालिका प्रमुख जितेका छन् ।