neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरपालिकाका २९ वडामध्ये कसले कति जिते ?

ललितपुर महानगरपालिकाका २९ वडामध्ये कसले कति जिते ?

May 22nd, 2022

काठमाडौं ८ जेठ

ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये ९ वटा वडा नेपाली कांग्रेसको र ६ वटा वडा एमालेको पोल्टामा परेका छन् । हालसम्म १९ वटा वडाको मत गणनाको अन्तिम नतिजा आएका छन् । यी मध्ये ९ वटा वडामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् भने ६ वटा वडामा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट दुई र स्वतन्त्रबाट दुई उमेदवार निर्वाचित भएका छन् । कांग्रेसले ललितपुर महानगरपालिकाका वडा नम्बर ४, ६, ७, ८, ९, १०, ११, १४ र २० नम्बर वडामा जितेको छ । एमालेले वडा नम्बर ५, १२, १५, १७, १८, १९ वडामा जितेको छ भने एकीकृत समाजवादी वडा नम्बर २ र ३ मा जितेको छ। स्वतन्त्र उमेदवारले वडा नम्बर १ र १३ मा जिते ।

ललितपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ललितपुर महानगरपालिकामा ८५ हजार ८६१ मत खसेकोमा हालसम्म ६३ हजार ८२६ मत गणना सम्पन्न भएको छ । ।