ललितपुर २ जेठ
ललितपुर महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन निर्वाचित भएका छन् । उनले १८३० मतका साथ नेकपा एमालेका पुरुषोत्तम थापा मगर र नेपाली कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरेका छन् ।
एमालेका थापाले ६०७ र कांग्रेसका जोशीले ५६० मत पाएका छन् । ललितपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ ।