आधारभूमि
काठमाडौ ३० बैशाख
स्थानीय तह निर्वाचनमा मतदान कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्धारित समय सकिएको वताउँदै निर्वाचन आयोगले ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ।
निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको
देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो।
देशका केही स्थानमा भने झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।
राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको आयोगले जनाएको छ।