neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानीय निर्वाचनः ७ जिल्लाका केही मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध

स्थानीय निर्वाचनः ७ जिल्लाका केही मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध

May 13th, 2022

आधारभूमि

काठमाडौ ३० बैशाख

आज भैरहेको स्थानीय निर्वाचनमा विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ । निर्वाचन आयोगले जनाए अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको जानकारी दिनुभउको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको उहाँले वताउनुभयो ।

स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना वाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उआयोगले जनाएको छ ।