वैशाख ३० काठमाडौं
स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
वालिङ नगरपालिका ४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।