neapl investment mega bank
  • गृहपृष्ठ
  • आज पानी पर्ने संभावना निर्वाचन सामाग्री सुरक्षित गर्न आयोगको निर्देशन

आज पानी पर्ने संभावना निर्वाचन सामाग्री सुरक्षित गर्न आयोगको निर्देशन

May 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ३० बैशाख

देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश(१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश(१ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश(१ का केही स्थानमा र वाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

अजा स्थानीय निर्वाचन हुदैछ । आज पानी परेमा देशभरका स्थानीय तहका विपद् व्यवस्थापन कोष र विभागहरूलाई मतपेटिकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत सामाग्रीहरू उपलब्ध गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । यसका लागि आयोगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’को प्रभाव रहेको छ । यद्यपि, यो केही कमजोर भइसकेको छ । यो प्रणालीको आंशिक प्रभाव मात्र नेपालमा परेको छ ।