neapl investment mega bank
  • गृहपृष्ठ
  • आज निर्वाचन हुदै,२१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आज निर्वाचन हुदै,२१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

May 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ३० वैशाख

स्थानीय तहको आज बिहान ७ बजेदेखि भैरहेको छ । मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ । संघियता कार्याद्यनयन भएपछि यो देशको दोस्रो निर्वाचन हो । यस निर्वाचन पनि ३५ हजार २२१ (निर्विरोध निर्वाचित भएका ३५५ जना बाहेक) का पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

निर्वाचन आयोगले आज हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रेहेका छन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।