आधारभूमि संवाददाता
काठमाडौं २८ बैशाख
स्थानीय तहको निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिएका छन् । निर्वाचनका लागि खटाइएका कर्मचारीहरू मदान केन्द्रमा पुगिसकेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाउनुभएको छ ।
यस्तै, ६५ हजार ८६५ जना स्यंवसेवकहरू खटाइएको आयोगले जनाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ६५ दल राजनीतिक रूपमा निर्वाचनमा छन् । स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएका छन् ।
५५ हजार ६५८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भएको पौडेलले बताउनुभयो । निर्वाचनमा ६ जना वडाध्यक्षसहित ३५५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उहाँले जानकारी दिनुभयो ।
१० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ पदमा प्रतिस्पर्धा गर्दै छन् । जसमा निर्विरोध निर्वाचित भएकालाई पनि समावेश गरिएको छ ।