neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरीमा कृषि र पर्यटनलाई व्यवसायिक बनाउने आचार्यका योजना

गोदावरीमा कृषि र पर्यटनलाई व्यवसायिक बनाउने आचार्यका योजना

May 10th, 2022

आधारभूमि संवाददाता

ललितपुर २७ बैशाख

स्थानीय तह निर्वाचन २०७९ का लागि ललितपुरको गोदावरी नगरपालिका ३ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएका श्रीराम आचार्यले गोदावरीलाई हराभरा पर्यटकीय हबको रुपमा विकास गर्ने तथा
गोदावरीमा कृषि रोजगारी पर्यटनलाई व्यवसायिक बनाउने एजेण्डा लिएर चुनावी मैदानमा जुट्नुभएको छ।

लामो समयसम्म गोदावरी नगरपालिकामा कुशल प्रशासक भएर काम गरेका आचार्य शैक्षिक र राजनीतिक रूपमा स्वच्छता र निष्टावान मानिनुहुन्छ ।

उहाँले हाम्रो गोदवारी राम्रो गोदावरी निर्माण गर्ने , वडा नं ३ को वडा कार्यालय भवन जिर्ण भएकोले त्यसलाई पुनःनिर्माण गर्ने, गोदावरी कुण्डलाई व्यवस्थित गर्ने तथा गोदवारीमा नौ धारा, फूलचोकी क्षेत्रको विकास गर्ने योजना अघि सार्नुभएको छ ।
त्यस्तै वडा नं.३ मा खेल मैदानको निर्माण गर्ने , गोदवारी मार्बललाई उद्योगकै रुपमा पुनः सञ्चालन गर्ने , गोदावरीको खानेपाीको ड्याम र बढि भएको पानीलाई फन पार्कको रुपमा निर्माण गर्ने , एक घर एक रोजगारीको सिर्जना गर्ने पनि उहाँका योजना छन् ।

१६ देखि २० वर्ष उमेर सम्मका व्यक्ति चहाना अनुसार शिप प्रदान गरी योग्यता अनुसार रोगारीमा लाग्ने प्रेरित गर्ने , व्यवसायिक खेती कुखुरा, गाई, बाख्रा र भैसी पालन प्रति स्थानीय नागरिकलाई आकर्षित गर्न अनुदानको व्यवस्था गर्ने ।
एक घर एक रोजगारी दिने गरी योजना ल्याउने उहाँले वताउनुभयो ।