neapl investment mega bank
  • गृहपृष्ठ
  • लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा

लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा

May 10th, 2022

काठमाडौं, वैशाख २७

गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ ।

लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर ÷ कार्यालयमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यही अनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।