neapl investment mega bank
  • गृहपृष्ठ
  • असानी चक्रवात नेपालमाः तिन दिनसम्म यी क्षेत्रमा वर्षा हुने

असानी चक्रवात नेपालमाः तिन दिनसम्म यी क्षेत्रमा वर्षा हुने

May 10th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २७ बैशाख

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।

सूदूरपश्चिम, कर्णाली प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ। 

हाल नेपालमा दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’को अप्रत्यक्ष प्रभाव पर्नुका साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव रहेको छ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव साथै चक्रवात ‘असानी’को आंशिक प्रभाव रहेको छ। 

वैशाख २७ गते (मंगलबार)

दिउँसो : देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली  रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २८ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश  प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वैशाख २९ गते (विहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरूका  एक/दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भूभागहरूमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदुर पश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।