neapl investment mega bank
  • गृहपृष्ठ
  • मङ्गलबार रातिदेखि भारतसँगको सीमानाका बन्द

मङ्गलबार रातिदेखि भारतसँगको सीमानाका बन्द

May 9th, 2022

राजविराज २६ वैशाख

सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजेसम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो ।

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ । रासस