neapl investment mega bank
  • गृहपृष्ठ
  • चुनावको दिन बिहानैदेखि मेघ गर्जन र चटयाङ्ग सहित पानी पर्ने

चुनावको दिन बिहानैदेखि मेघ गर्जन र चटयाङ्ग सहित पानी पर्ने

May 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौं २५ बैशाख

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गर्दै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।