आधारभूमि संवाददाता
ललितपुर २५ बैशाख
ललितपुर महानगरपालिकाका गतिविधि धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक विकासतर्फ केन्द्रित छन् । अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि सं.१९७५ सालमा जारी भएको छेमडोल अड्डाको नामबाट संचालनमा आएको थियो ।
वि.सं. २००९ सालमा ललितपुर नगरपालिका, वि।सं २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि.सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि। सं।२०५२ सालमा ललिपुर उप महानगरपालिकाको रुपमा कायम भएको थियो भने २०७३ चैत १० मा ललितपुर महानगरपालिकाको रुपमा स्थापित यस नगरपालिका मुलुककै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा परिचित छ ।
मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये र्सवप्राचीन नगर पनि हो । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्षे कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको वताउँनुहुन्छ ।
यस महानगरले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्त्सम्म खर्च गरेको छ । त्यस्तै पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको छ ।
पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको छ। साथै सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । महानगर भित्र वडास्तरीय तथा नगर स्थरिय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न भएका छन् ।
मेयर चिरीबावु महर्जनका अनुसार रिङरोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएका छन् । ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ ।
त्यस्तै यस महानगरले महानगरिय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सुरु गरेको छ । साथै महानगरपालिका भित्रका ८१ हजार घरघुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको छ । ( एड्भोटेरियल)