neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका प्रमुखका उमेदवार हरिगोविन्द श्रेष्ठका यस्ता छन एजेण्डा

महालक्ष्मी नगरपालिका प्रमुखका उमेदवार हरिगोविन्द श्रेष्ठका यस्ता छन एजेण्डा

May 8th, 2022

आधारभूमि संवाददाता

ललितपुर २५ बैशाख

ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा एमालका तर्फबाट उमेदवारी दिएका ललितपुर लुभुका स्थायी बासिन्दा हरिगोविन्द श्रेष्ठ चुनावी कार्यक्रममा व्यस्त छन् । २०३८ सालदेखि नेपाल कम्युनिष्ट पार्टीमा रहेर सक्रिय राजनीति गर्दै आएका श्रेष्ठले २०७४ सालको स्थानिय निर्वाचनमा पनि महालक्ष्मीको प्रमुखमा दाबी गरेका थिए ।

उनले चुनाव जितेमा नगरपालिकामा अत्यावस्यक पर्ने सडक, ढल, खानेपानीजस्ता पूर्वाधार विकासको जग बसाल्नुपर्ने चुनौतीका बिच महालक्ष्मीको भौतिक सास्कृतिक, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्य, रोजगारी तथा नगरबासीको आर्थिक उन्नतीका लागि काम गर्नुपर्ने छ ।

श्रेष्ठका चुनावी एजेण्डामा पनि विकास निर्माण, यातायात, शिक्षा, स्वास्थ्य, ढलको व्यवस्था, खानेपानी, सरसफाईको नमुनाको रुपमा योजना ल्याउने समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर जनताको व्यक्तिगत अवस्था सुधार्नेतर्फ महत्व दिने जस्ता विषय समेटिएका छन् ।

उनले आफ्नो घोषणा पत्रमा जनताको सरोकार राख्ने बिषय भएकाले महालक्ष्मी नगरको १० ओटै वडामा हेल्थ पोष्टलाई व्यबस्थित बनाउन लागिपर्ने सामुदायिक स्कुलहरुलाई व्यबस्थित र गुणस्तरिय शिक्षाको लागि नर्सरी कक्षा संचालन गर्ने, यस्ले विद्यार्थीहरुको आकर्षण पनि बढ्ने, अभिभावक पनि काममा जान पाउँने भएकाले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलाई अग्रपङ्तीमा राखेर अगाडी बढ्ने र बाकि अपुरा र अधुरा कामलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

साथै पर्यटन क्षेत्रलाई आन्तरिक र बाह्य दुवै दृष्टिकोणले पर्यटकिय गन्तब्यको रुपमा लाकुरीभञ्ज्याङ्लाई विकास गर्नमा जोड दिने श्रेष्ठको योजना रहेको छ ।
चार दशक लामो कम्युनिष्ट आन्दोलनमा सहभागी भएर काम गरेका श्रेष्ठ २०३८ सालमा भूमिगत अवस्थामा रहेको नेकपा मालेको प्रारम्भिक कमिटिको सचिव ०४१ सालमा महालक्ष्मी विकास परिषदको स्ववियुको सभापति, वडा सचिव, गाविस सचिव, २०४९ सालमा स्थानिय विकासको वडा अध्यक्ष हुदै २०५४ सालमा गाविस अध्यक्ष भएका थिए ।

यस नगरपालिकामा पहिलो कार्यकालको स्थानिय सरकारले नगरबासीहरुको सेवा र सुविधाका लागि सडकहरु निर्माण गर्यो, ढल निर्माण, खानेपानीको व्यवस्था, सास्कृतिक सम्पदाहरु मठमन्दिर जिणोद्धार निर्माणदेखि सामुदायिक विद्यालयको व्यावस्थापनदेखि १० वटै वडामा स्वास्थ्य चौकी खडा गर्ने काम गरेको थियो ।