neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले गर्यो लक्ष्य भन्दा बढि आम्दानी

सरकारले गर्यो लक्ष्य भन्दा बढि आम्दानी

May 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ , २० बैशाख

सरकारले चालू अािर्थक लक्ष्य भन्दा बढि आम्दनी गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको हो ।

सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो मध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको मन्त्रालयले जनाएको छ।

यसरी संकलन गरेको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।