आधारभूमि संवाददाता
काठमाडौ १९ बैशाख
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले महिलाका विषयमा स्थापितले दिएको अभिव्यक्तिलाई लिएर उनीसंग स्पटीकरण मागेको हो ।
आयोगले सोमबार एक पत्र पठाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि अशोभनिय व्यवहार गरेका थिए । यही व्यवहारलाई लिएर स्पटीकरण सोधिएको आयोग स्रा्तले वपताएको छ ।
स्थापितले कार्यक्रममा स्थापितसंग ‘मिटु’ आरोपका बारेमा प्रश्न सोध्ने एक महिला लाई ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको वताइएको छ ।