आधारभूमि संवाददाता
लालितपुर १८ बैशाख
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाकी उपमेयर उमेदवार लक्ष्मी महर्जनले आफ्ना प्रतिवद्धता सार्वजानिक गरेकी छन् । नेपाली काङ्ग्रेसको तर्फबाट उपमेयरको उमेदवार रहेकी महर्जनले महालक्ष्मी नगरपालिका जनतालाई जन्मदर्ता, विवाहदर्ता मृत्युदर्ताजस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी दिने प्रतिवद्धता गरेकी छन् ।
साथै उनले पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टरको स्थापना, भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी , रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २० ठाउँमा पुर्याउने घोषणा गरेकी छन् ।
उनका प्रतिपद्धता जस्ताको तस्तै
युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
खानेपानी तथा सरसफाइ समस्याको पुर्ण रूपमा समाधान गर्ने
निजी बिध्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा,
सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति
बस स्टपहरुमा प्रतीक्षालय स्थापना गरिने
सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने
उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
नगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
सबै ढुंगेधारा हिटी पुनः जागृत गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
सार्बजनिक जग्गाहरुको पहिचान गरि नापी नक्सा गरेर संरक्षण गर्ने
अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
एक घर दुई रुख अभियान सुचारु गरिने
स्थानीय जाती भाषा संस्कृति र पहिचानको समरक्षण गर्ने
नीति कार्यक्रम र योजनाको आबधिक रुपमा लक्ष्य तथा प्रगति प्रतिबेदन सार्बजनिक गर्ने
जनप्रतिनिधि एवं नागरिकहरु सम्मिलित एक अनुगमन संयन्त्र गठन गरी पारदर्शीता एवं जवाफदेहीता सम्बन्धमा अनुगमन गर्ने
विकासको गुरुयोजनालगायत वार्षिक कार्यक्रम, बजेट एवं कार्यमूलक पक्षका विस्तृत विवरण पारदर्शी बनाउनका लागि औपचारिक संयन्त्रको विकास गर्ने
न्यायिक समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन, छिटो छरितो न्याय प्रदान गर्नका लागि समितिको क्षमता विकास गर्ने, प्रत्येक स्थानीय तहमा न्याय क्षेत्रको जनशक्तिको व्यवस्था गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्न ६ महिनाभित्र संयन्त्र निर्माण गर्ने
स्थानीय कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जना र हरित उद्योग व्यवसायलाई कर सहुलियत दिने
सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी
म स्वस्थ मेरो गाउँ–नगर स्वस्थ अभियान, खेलकुद र व्यायमका विभिन्न सामाग्री सहितको कम्तीमा ’एक स्थानीय तह एक पार्क’को व्यवस्था,
किसानहरुको सूचीकरण र वर्गीकरण,कृषि समग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच
स्थानीय जनताले तिर्नसक्ने क्षमताको आधारमा करको दर निर्धारण गरी करका स्रोत अनुसार निश्चित कर कानून बनाउने,
सामुदायिक बिध्यालय को गुणस्तर बडाउने ,बेबसाहिक र प्राबिधिक बिधायलय खोल्ने र एउटा नमुना बिध्यालय खोल्ने
स्थानीय तहमा रहेका स्थापित तथा उदियमान गन्तव्यहरुसम्मको सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने
नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न
न्यून आय भएका दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्ने,
न्यून आय भएका दलित समुदायका व्यक्तिहरुलाई उपचारको लागि विशेष सहुलियतको व्यवस्था गर्ने,
बालमैत्री शिक्षा तथा सिकाई प्रणालीलाई प्रबर्द्धन गर्ने, विपन्न परिवारका बालबालिकाको शैक्षिक सुनिश्चितताको लागि सहयोग गर्ने, अपाङ्गता भएका बालबालिकाको स्थिति विश्लेषण गरी विशेष कक्षा वा सिकाइ केन्द्रहरु स्थापना गर्ने,