आधारभूमि संवाददाता
लालितपुर १४ बैशाख
कांग्रेस र जनता समाजवादी पार्टीले ललितपुरबाट स्थानिय निर्वाचनमा वागी उम्मेदवार दिने नेताहरुलाई तत्काल फिर्ता लिन जिल्ला कार्यसमितीले निर्देशन दिएको छ ।
दुवै पार्टीका जिल्ला कार्यलयले विज्ञप्ती जारी गरेर बागमती प्रदेश संयन्त्रको दुई दलिय निर्णयपछि जिल्ला संयन्त्रको छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरुको बाँडफाँडमा केही समस्या उत्पन्न भएको जानकारी दिएको छ ।
उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पुर्ण ब्यबस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेस संयन्त्रको निर्णय अनुसार नेपाली कांग्रेस ललितपुरले प्रमुख उप प्रमुख सहित अधिकांस वडाहरुमा मनोनयन दर्ता गराएको विज्ञप्तीमा उल्येख छ ।
उम्मेदवारी मनोनयन दर्ता भैसकेको अवस्थामा समन्वय नगरी पालिका प्रमुख तथा उप प्रमुख पद हरुमा मनोनयन दर्ता गरेका कारण स्थित अन्योलतर्फ गएको बताइएको छ ।
उम्मेदवारी फिर्ता नभएको अवस्थामा पार्टीले आफ्ना नेतालाई कारवाही गर्ने चेतावनी दिएको छ ।

