आधारभूमि संवाददाता
काठमाडौ १४ बैशाख
सरकारले १० प्रकारका सामानहरु आयात गर्न बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरी विभिन्न १० प्रकारका सामान ल्याउन बन्देज लागाएको हो ।
राजपत्रको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल आयात गर्न पाइदैन।
मन्त्रालयले असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाएको हो । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज नहुने जनाएको छ ।
यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।
अव मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिक) ल्याउन पाइने छैन
त्यस्तै २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र खेल्ने तास ल्याउन नपाइने राजपत्रमा उल्लेख छ ।सबै प्रकारका तयारी मदिरा
चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने) छ भने सबै प्रकारका खेलौनाहरु, खेल्ने तास ल्याउन पाइदैन