neapl investment mega bank
  • गृहपृष्ठ
  • मनोनयनविरुद्ध परेको उजुरीमा छानविन शुरु, शनीबार चुनाव चिन्ह दिने

मनोनयनविरुद्ध परेको उजुरीमा छानविन शुरु, शनीबार चुनाव चिन्ह दिने

Apr 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १४ बैशाख

स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने जनाएको छ छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ ।

आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार बढिले मनोनयन दर्ता गराएका छन् ।