neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरपालिकामा १५ सय बढिको उमेदवारी

ललितपुर महानगरपालिकामा १५ सय बढिको उमेदवारी

Apr 26th, 2022

ललितपुर १३ बैशाख

आगामी स्थामनीय निर्वाचनको लागि ललितपुरको ६ वटा स्थानीय तहमा एक हजार ५ सय १९ जनाको उम्मेदवारी परेको छ ।.ललितपुर महानगरमा ६ सय ४२ जानको उम्मेदवारी परेको छ । ललितपुर महानगरमा १३ जना मेयर र १२ जना उपमेयरको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालयका ललितपुका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेले जनाएका छन् ।

उनका अनुसार नेपाली काँग्रेसका चिरिबाबु महर्जन, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार, राप्रपाका अष्ट बहादुर महर्जन,विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेका मोहनराज शाक्य, नेमकिपाका अशोक महर्जन,राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर महर्जन,आमुल परिवर्तनकी पार्टीकी सपना महर्जन, मोलिक जिरोकिलोकी सपना श्रेष्ठ, वासुदेव अमात्य जनमत पार्टी, रुवतन्त्रबाट क्रमशः सरिना लाखे श्रेष्ठ सुरेश महर्जन र राजेन्द्र थापामगरले उम्मेदवारी दिएका छन् ।

यसैगरी महालक्ष्मी नगरपालिकामा २ सय ५३ जनाको उमेदवारी परेको छ । यस पालिकाको मेयरमा नेकपा एमालेबाट हरी गोविन्द श्रेष्ठ र उपमेयर विना सुवेदीको उमेदवारी परेको छ । त्यस्तै वडा नं सात को वडा अध्यक्ष सुजित वस्नेत, सदस्य दिपेन्द्र कार्की, सज्जन गिरी तथा महिला सदस्य सुनिता बस्नेतको उमेदवारी परेको छ । यसैगरी सो नगरपालिकाको मेयरमा काँग्रेस र माओदावीको गठबन्धनबाट शिवराम कट्टेल र उपमेयरमा लस्मी महर्जन भिड्दै छन् ।

त्यस्तै निर्वाचन कार्यालय ललितपुरका अनुसार गोदावरी नगरपालिकामा ३ सय ३६ जना, वागमती गाँउपालिकामा ९९ जना, कोञ्ज्योसोम गाँउपालिकामा ८० जना र माहाकाल गाँउपालिकामा १ सय ९ जनाको उम्मेदवारी परेको छ। वागमती गाँउपालिकामा ९ जना अध्यक्ष र ५ जना उपाध्यक्षको उम्मेदवारी परेको छ । उमेदवारी उपर निर्वाचन अधिकृतको कार्यालयमा दावी विरोध दिने कार्यक्रम छ ।