neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

Apr 25th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १२ बैशाख

स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।

आयोगले नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ ।

यसैगरी वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको आयोगले उल्लेख गरेको छ।