ललितपुर,१२ वैशाख
ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमाले बाट मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा बिना सुवेदीको उम्मेदवार पक्का भएका छन् । श्रेष्ठ पूर्व लुभू गा. वि. स. का अध्यक्ष हुन भने बिना सुवेदी २०४८ नेकपा एमाले पार्टी सदस्य, २०५१ मा नेकपा एमाले पार्टी संगठित सदस्य हुन भने १९ वर्ष शिक्षक पेशा, ५ वर्ष स्वास्थ्य सेवामा अनुभव हासिल गरेकी छिन् । दुबै जना नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आएका छन् ।