neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालले स्वीकार गर्यो ८० अर्बको अनुदान सहायता

नेपालले स्वीकार गर्यो ८० अर्बको अनुदान सहायता

Apr 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ २ बैसाख

नेपाल सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी्)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।

मन्त्रीपरिषद्को चैत ३० मा बसेको बैठकले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसै गरी विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

यस्ता छन् अन्य निर्णय