ललितपुर १ बैशाख
नेपाल खेलकुद महासंघ र महालक्ष्मी नगर कमिटिले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो अवसरमा स्वाथ्यको लागि खेलकुद भन्ने नारा सहित दौड कार्यक्रम पनि गरिएको थियो । इमाडोलको कृष्ण मन्दिर देखि ललितपुरको लुभू सम्म दौड कार्यक्रम गरिएको हो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रममा खेलकूद महासंघका इन्चार्ज विपिन कार्की, जिल्ला कमिटि सदस्य आशा राई शंकर वस्नेत, महलक्ष्मी नगर कमिटि अध्यक्ष हरीगोविन्द श्रेष्ठ, सचिव विनोद कँडेल तथा सदस्य वलराम वाग्ले,लागाएतको उपस्थिति थियो ।