neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ४० हजारको दरले लगानी गरिएको छ’

‘सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ४० हजारको दरले लगानी गरिएको छ’

Apr 13th, 2022

आधारभूमि संवाददता

ललितपुर ३० चैत

महालक्ष्मी नगरपालिकाका सामुदायी विद्यालयको गुणस्तर वृद्धिका विषयमा निजी तथा आवसिय विद्यालय अरगनाइजेसन नेपाल प्याव्सन महालक्ष्मी नगर कमिटिले छलफलको आयोजना गरेको छ ।

कार्यक्रममा महलक्षमी नगरपालिकाका प्रमुख तथा नेकपा एमाले लेखा आयोग सदस्य रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकाले त्याहाँका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति ४० हजारको दरले लगानी गरिएको वताए । सामुदायीक विद्यालयको गुणस्तरियत वृद्धि गर्न नगरपालिका निरन्तर लागि परेको दावी गरे ।

कार्यक्रममा प्याव्सनका ललितपुर जिल्ला कार्यसमिति अध्यक्ष निरोज महर्जन, कैलास कुमार मल्ल, रोसन ज्ञवाली लगायतले समुदायीक विद्यालयका बारेमा आआफ्नो धराणा राखेका थिए ।