आधारभूमि संवाददाता
ललितपुर,२९ चैत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नीतिहिन र विचारहिन पार्टी भएको बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ६
मा मंगलबार आयोजित पार्टी प्रवेस भेला तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा ओलीले नेपाली कांग्रेस र माओवादीको बारेमा टिप्पणी गरेका थिए । ओलीले एमालेमा प्रवेश गर्न लागेकालाई गठबन्धनले थुनेको बताए । उनले एक जनालाई थुने पनि हजारौँ एमालेमा आउने बताए ।
उनले वर्तमान सरकारले अर्थतन्त्र धराशयी बनाएको भन्दै हुतिहारा सरकारको संज्ञा दिए । उनले सोही ४० करोडको सुचना गभर्नरले चुहाउँछ भनेर कारवाही गरिएको दावी गरे । ‘यो सरकार भ्रष्ट सरकार, पैसा छैन, विकास छैन । भरसक स्थानीय तहलाई पंगु बनाउने प्रयास छ । यिनीहरु पाँच दल भनेका एउटै हुन्’, ओलीले भने ।
कार्यक्रममा पूर्व डिएसपि समिर नन्दन केशी सहित कांग्रेस र माओवादी केन्द्रका ६ सय जना कार्यकर्ता एमालेमा प्रवेस गरेका थिए ।