neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गरेको प्रधानमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गरेको प्रधानमन्त्रीको स्पष्टीकरण

Apr 11th, 2022

आधारमूमि संवाददाता

काठमाडौँ २८ चैत

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् ।

सोमबार सत्तारुढ दलहरूको बैठकमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको सङ्कट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

जवापल दिंदै प्रधानमन्त्री देउवाले गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् ।

उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो नि १’