neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरको प्रमुखमा एमालेका व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

ललितपुर महानगरको प्रमुखमा एमालेका व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

Apr 10th, 2022

आधारभूमि संवाददाता

ललितपुर २७ चैत

ललितपुर महानगरको प्रमुखमा नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले जानकारी दिए ।

नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ । पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् । गत २०७४ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका चिरिबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित भएका व्यञ्जनकार यस पल्टको निर्वाचनमा जित्ने विश्वासका साथ मेयरमा उमेदवारी दिन लागेको वताए ।

महानगरभित्र बेथिति मौलाउदै गएकाले यस बर्ष कुनै पनि हालतमा आफूले जितेर ललितपुरलाई शिक्षा स्वास्थ्य खानेपानी पूर्वाधार विकास लगाएतका क्षेत्रमा उदाहरणीय काम गर्ने दावी गरे । आफूले ललितपुरको मुहार नै फेरिने गरी जनताको हितका कार्यक्रम ल्याउने वताउदै उनले पार्टीले टिकट दिएपछि आफ्ना थप एजेण्डा प्रश्ट पार्ने उल्लेख गरे ।

केही दिन अघि ४ हजारको संख्यामा युवाहरु एमालेमा प्रवेश गरेका थिए । जसको कारण उनी जितको नजिक रहेको आंकलन गर्दै त्यहााँका स्थानीयले अघिल्लो पटक नै जित्नुपर्ने क्षमता भएका व्यञ्जनकारलाई यसपटक जिताउन सके ललितपुरको विकासमा टेवा पुग्ने वताएका छन् ।