आधारभूमि संवाददाता
काठमाडौं, चैत २७
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १५ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६-१ गोलले पराजित गरेको हो ।
क्लेरमोन्टको घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे।क्लेरमोन्टका जोडीलले एक गोल गरे।
खेलको छैटौं मिनेटमा नेमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० ले अघि बढाए ।
खेलको ४२ औं मिनेटमा क्लेरमोन्टका जोडीलले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
तर,दोस्रो हाफको ७१ औं मिनेटमा नेमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ ले अघि बढाए ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले पनि व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-१ ले अघि बढाए ।
खेलको ८० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ५-१ ले अघि बढाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा नेमारले पनि ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-१ को जित दिलाए ।
जितसंगै पीएसजीले ३१ खेलबाट ७१ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पराजित क्लेरमोन्ट फुटको ३१ खेलबाट २८ अंक छ र १७ औं स्थानमा छ ।