आधारभूमि संवाददाता
काठमाडौं, चैत २७
इंग्लीस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड एभर्टनसँग पराजित भएको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा एभर्टनले म्यान्चेस्टर युनाईटेडलाई १-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन एन्थोनी गोर्डनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । गोर्डनले खेलको २७ औं मिनेटमा सो गोल गरेका हुन् ।
जितसँगै एभर्टनले ३० खेलबाट २८ अंक जोडेको छ र तालिकाको १७ औं स्थानमा छ । पराजित युनाईटेडको ३१ खेलबाट ५१ अंक छ र तालिकाको सातौं स्थानमा छ ।