neapl investment mega bank
  • गृहपृष्ठ
  • सातामा दुई दिन सार्वजानिक विदा दिने सरकारको निर्णय

सातामा दुई दिन सार्वजानिक विदा दिने सरकारको निर्णय

Apr 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २५ चैत

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्ले बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पेट्रोल र डिजेलको खपत कटौती गर्नका लागि सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग कम गराउने उद्देश्यका साथैं सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोहनिर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

अहिले दिइने ४२ दिन सार्वजनिक बिदामाथि पुनरावलोकन गरी कुनकुन दिन विदा दिने भन्ने निर्णय गरिने जनाइएको छ । सो सन्वन्ध कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो प्रस्ताव गरेका थिए । नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि भन्दै सातामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो ।
यस्तै पेट्रोलियम पदार्थको बढ्दो खपत घटाउनका लागि भन्दै उद्योग मन्त्रालयले सातामा दुई दिन बिदा दिन प्रस्ताव अगाडि बढाएका थियो । नेपाल राष्ट्र बैंक र नेपाल आयल निगमले समेत सरकारलाई सुझाव पठाउँदै सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाएको थियो ।

केही अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो व्यापार घाटा कम गर्न वा खपत कटौती गर्नका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिनेदेखि सवारीसाधनमा जोर रबिजोर प्रणाली लागु गर्नुपर्ने प्रस्ताव पठाएको थियो ।