काठमाडौ २३ चैत
भिभोले स्मार्टफोनको दुई मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्न लागेको छ । वाई सिरिजका यी स्मार्टफोनले ग्राहकको मत जित्ने कम्पनीको विश्वास छ ।
भिभोको नयाँ स्मार्टफोनमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा रहेको बताइएको छ । यस्तै यसमा ठूलो ब्याट्री छ जुन ५००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।